शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नेपाल फर्किन विद्यार्थीहरू इजरायल विमानस्थलमा

  • प्रकाशित मिति : बिहिबार, अशोज २५, २०८०



  • काठमाडौँ । स्वदेश फर्किन लागेका नेपाली विद्यार्थीहरू इजरायलस्थित विमानस्थल पुगेका छन् । नेपालबाट चार्डट विमान त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत ती विद्यार्थीहरूको उद्धार गर्न लागिएको हो ।

    त्यसका लागि विद्यार्थीहरू इजरायलका विभिन्न ठाउँबाट तेल–अभीभ विमानस्थलमा पुगेका हुन् । आफूहरू बसोबास गर्दै आएको काडेश बार्नियाबाट विमानस्थल पुगेको विद्यार्थी सुरज भण्डारीले बताए । उनीहरूलाई बसमा राखेर साढे तीन घण्टा लामो यात्रापछि विमानस्थल पुर्‍याइएको हो ।

    नेपालबाट इजरायलका लागि छुटेका जहाज स्थानीय समयअनुसार ११ः ३० बजे विमानस्थलमा पुग्नेछ । इजरायल पुगेपछि तत्कालै विद्यार्थीको उद्धार गरेर फर्किनेछ ।

    सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थीहरू इन्टर्न गर्न गत भदौ अन्तिम सातामा इजरायल पुगेका थिए । गत शनिवार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । ४ जना विद्यार्थी समेत घाइते भएका थिए ।

    घाइतेमध्ये २ जनाको अझै उपचार भइरहेको छ भने २ जना डिस्चार्ज भइसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij