शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गोरखा दरबारबाट हनुमानढोका लगियो फूलपाती

  • प्रकाशित मिति : शनिबार, कार्तिक ४, २०८०



  • पोखरा । गोरखा दरबारबाट यसपालिको फूलपाती काठमाडौँस्थित दरबार हेरचाह अड्डामा पठाइएको छ । पहिले नुवाकोट हुँदै हिँडाएर लगिने डोली आजभोलि गाडीमा चढाएर पठाउन थालिएको छ । बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर चालक सहित ३ जनालाई जिम्मा लगाएर डोली पठाइएको दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए ।

    उनका अनुसार गोरखाबाट गएको टोलीले हनुमान ढोकाबाट जीवनपुर हुँदै आएको टोलीलाई भेटेर हस्तान्तरण गर्नेछ र उक्त टोली गोरखा फर्किने छ । ‘यो परम्परा निकै पुरानो छ । पृथ्वी नारायण शाहले काठमाडौँ एकीकरण गरेपछि गोरखाको संस्कार संस्कृति जोगाउनका लागि र त्यसबाट शक्ति आर्जन हुने विश्वासका साथ फूलपातीको डोली नियमित काठमाडौँ पठाउन थालिएको हो,’ उनले भने, ‘पहिले हिँडाएर लगिन्थ्यो । आजभोलि सुविधा आयो, गाडीबाट पठाइन्छ ।’

    ८ बजेको साइटमा डोली पठाइएको उनले बताए । गाडीमा चण्डीस्थानको पुजारी कुलबहादुर थापा, गुर्जु पल्टनका गणेश खड्का र सवारी चालक राम कार्कीलाई समेत पठाइएको छ । फूलपाती लिनका लागि अघिल्लो रात नै सुसारेहरू जङ्गलतिर जान्छन् । गोरखा ८ को छिपछिपे फाँटमा गएर पूजा गर्छन् । त्यहाँ प्रसाद खाएपछि सुसारेहरू जङ्गल पस्छन् । उनीहरू राती जङ्गलमै बस्छन् ।

    दरौंदीको ठुलो वनबाट सङ्कलन गरेर बिहानै गोरखा दरबार पुर्‍याइन्छ । ‘काठमाडौँ पठाउने फूलपाती बिहानै ल्याउँछन् । गोरखा दरबारको दसैँघरमा भित्र्याउने फूलपाती चाहिँ दिउँसो ३ बजेतिर ल्याउनुहुन्छ,’ उनले भने, ‘त्यसलाई विशेष पूजाआजाका साथ दसैँघरमा भित्र्याउँछौँ ।’ हनुमान ढोका पुगेपछि हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने चलन छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij