प्रकाशित मिति : बुधबार, कार्तिक ८, २०८०
जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष सन्तोष यादवको निधन भएको छ । करिब डेढ महिना देखि काठमाडौंमा उपचाररत यादवको मंगलबार राति पौने १२ बजे निधन भएको युवा नेता दिपक यादवले जानकारी दिए । ३८ वर्षीय यादव मंगलबार दिउँसो नर्भिक अस्पतालबाट वीर अस्पतालमा रिफर भएका थिए । यादवको वीर अस्पतालमा निधन भएको हो ।
अल्पआयुमै भएको यादवको निधनले पार्टी र जसपा पार्टीलाई अपुरणीय क्षति भएको जसपाका नेता एवं परवानीपुर गाउँपालिकाका पूर्वअध्यक्ष हरिनारायण साहले बताए । उनका अनुसार यादव आन्दोलनको जायज मागको अगुवार्इ पार्टी प्रती लगनशील , इमान्दार र सहयोगी भावनाका ब्यक्ति थिए ।
उनको बुधबार दिउँसो १ बजे हिन्दु पराम्परा अनुसार अन्त्येष्टि हुने साहले बताए । मधेस आन्दोलनमा सक्रिय रहेका यादव राष्ट्रिय जनता पार्टी नेपाल हुँदै जनता समाजवादी पार्टी नेपालमा आवद्ध भएका थिए । बाराको परवानीपुर गाउँपालिका ३ लिपनीमाल निवासी उनी केहि समय लोसपाका नेता एवं पूर्वमन्त्री जितेन्द्र सोनारको सचिवालयमा काम गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij