शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अवैध बाटोबाट अमेरिका छिर्न खोज्ने ९६ हजार भारतीय पक्राउ

  • प्रकाशित मिति : बुधबार, कार्तिक २२, २०८०



  • नयाँ दिल्ली। अवैध रुपमा अमेरिका छिर्न खोज्ने भारतीयहरुको संख्या अत्याधिक रुपमा बृद्धि भएको छ ।

    विगत वर्षको तुलनामा सन २०२२–२३ मा अवैध रूपमा अमेरिका र मेक्सिकोमा प्रवेश गर्ने भारतीयहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको तथ्यांक सार्वजनिक भएको हो ।

    अमेरिकाको भन्सार र सीमा सुरक्षाको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर २०२२ देखी सेप्टेम्बर २०२३ को बीचमा ९६ हजार ९९७ भारतीयहरू अवैध रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका छन्।

    अमेरिकाको सिमा सुरक्षा प्रतिवेदनका अनुसार तीमध्ये ३० हजार १० भारतीय क्यानडामा र ४ हजार ७७० भारतीय मेक्सिकोको सिमानामा पक्राउ परेका थिए भने बाँकी अन्य ठाउँबाट पक्राउ परेका छन् ।

    अमेरिकी एजेन्सीहरूले यो तथ्याङ्क यस्तो समयमा सार्वजनिक गरेका हुन्, जब गुजरात प्रहरीले गैरकानूनी माध्यमबाट अमेरिका प्रवेश गर्नेहरूमाथि अनुसन्धान गरिरहेको छ। यसबाहेक अमेरिका जाने क्रममा बेपत्ता भएका ९ भारतीयको मुद्दा पनि उच्च अदालतमा विचाराधीन रहेको छ।

    पछिल्लो समय विदेशमा बस्ने क्रेज लगातार बढ्दै गएको छ। धेरै भारतीयहरू राम्रो जीवनको खोजीमा त्यहाँ बस्न चाहन्छन्। तर, यसका लागि कतिपय वैधानिक साधनको सहारा लिन्छन् भने कतिपयले अवैध रूपमा त्यहाँ बसोबास गर्ने प्रयास गर्ने गरेको अमेरिकास्थित करन सिंहले बताए ।

    टाइम्स अफ इन्डियाका समाचार अनुसार २०१९–२० मा अवैध रूपमा अमेरिकी सीमामा प्रवेश गर्ने भारतीयहरूको संख्या १९,८८३ थियो, अहिले जुन पाँच गुणा बढेर २०२१ मा ३०,६६२, २०२२–२०२३ मा ९६,९१७ पुगेको छ। यस्तो अवस्थामा प्रहरीले समाउन नसकेका तथा अमेरिका प्रवेश गर्न सफल भएका भारतीयलाई पनि समावेश गर्ने हो भने उनीहरुको कुल संख्या अझ बढी हुन सक्छ ।

    अहिलेसम्म धेरैजसो भारतीयहरू मेक्सिकोको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने गरेका थिए तर यूसीबीपीले सार्वजनिक गरेको तथ्यांकले उनीहरूले अमेरिका प्रवेशका लागि अन्य बाटो पनि अपनाएको देखाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij