आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भूकम्पबाट सल्यानमा १ हजार ९० घर क्षति, २ हजार ६ सय ६७ जना विस्थापित

  • प्रकाशित मिति : बुधबार, कार्तिक २२, २०८०



  • बिनिता शर्मा,काठमाडौ। जाजरकोटलाई केन्द्रविन्दु बनाई शुक्रबार राति गएको भूकम्पका कारण सल्यानमा १ हजार ९० घर क्षति भएका छन् । भूकम्पबाट पूर्ण रूपमा १ सय ४९, आंशिक ५ सय ११ र सामान्य ४ सय २९ घर क्षति भएको विपद् व्यवस्थापन समिति सल्यानले जनाएको छ ।

    भूकम्पबाट सल्यानमा १ हजार ९० घर क्षति, २ हजार ६ सय ६७ जना विस्थापित भूकम्पले घर क्षति भएर राहत सामग्री नपाएपछि दार्माका एक परिवार चल्लेखोरमा बसेका छन ।

    तथ्यांकअनुसार दार्मा गाउँपालिकामा ९ सय ५२, कुमाख गाउँपालिकामा ३१ , बाग्चौर नगरपालिकामा २६, बन्गाड नगरपालिकामा ५१, शारदा नगरपालिकामा ८, कपुरकोट गाउँपालिकामा २६, सिद्धकुमाखमा २० र त्रिवेणी गाउँपालिकामा एक घरमा क्षति भएका छन् । सबैभन्दा बढी क्षति दार्मा गाउँपालिकामा भएको छ ।

    विभिन्न निकायबाट राहत सामग्रीस्वरूप त्रिपाल आए पनि अहिलेसम्म दार्मा गाउँपालिकाले सबैलाई उपलब्ध गराउन सकेको छैन । जसका कारण प्रभावित परिवार अहिले पनि खुला आकाशमुनि त्रिपाल टाँगेर बस्दै आएका छन् । चिसोले प्रभावित परिवार झन् समस्यामा परेका छन् ।

    प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक बेदप्रसाद खरेलले भूकम्पबाट पूर्ण तथा बस्न नमिल्ने गरी घर क्षति हुँदा जिल्लाको दार्मा गाउँपालिकाले निकालेको तथ्यांकअनुसार ७ सय ९४ घरका २ हजार ४ सय ९७ विस्थापित भएका बताए ।

    अन्य पालिकामा विस्थापित भए पनि यकिन तथ्यांक नआएको उनको भनाइ छ ।

    पालिका, विपद् व्यवस्थापन समिति र प्रहरीले संकलन गरेको तथ्यांक फरक-फरक पाइएको छ । ती तथ्यांकलाई एकरूपता दिन दार्मा गाउँपालिका-५ ढाकाडामस्थित वडा कार्यालयमा बसेको विपद् व्यवस्थापन समिति बैठकले संयुक्तरुपमा प्राविधिक टोली खटाएर पुन: तथ्यांक संकलन गर्ने निर्णय गरेको उनले जनाए ।

    सल्यानलाई भूकम्प प्रभावित संकटग्रस्त क्षेत्रको रुपमा घोषणा गर्न संघ र प्रदेशमा सिफारिस गरेको उनले बताए । उनका अनुसार मावली गएका दार्मा गाउँपालिका र बन्गाड कुपिण्डे नगरपालिकाका तीन जनाको भूकम्पका कारण रुकुममा मृत्यु भएकाले उनीहरूका परिवारलाई क्षतिपूर्ति तथा राहत उपलब्ध गराएको छ ।

    दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले पालिकाका ६ वडामै ७ सय ९४ घर पूर्ण रूपमा क्षति भएको र २ हजार ४ सय ९७ विस्थापित भएको बताए । विस्थापित परिवार अहिले घरनजिकै सुरक्षित स्थानमा त्रिपाल टाँगेर बस्दै आएको उनले जानकारी गराए ।

    भूकम्पका कारण जिल्लाको दार्मा गाउँपालिकाको वडा नं १ मा १ सय २९, २ मा १ सय ५१, ३ मा २४, ४ मा ३०, ५ मा ३ सय ९५, ६ मा ६५ घर क्षति भएको र वडा नं. १ बाट ३ सय ९२, २ बाट ४ सय ६६, ३ बाट ८७, ४ बाट १ सय ५, ५ बाट १ हजार २ सय ४०, ६ बाट २ सय ७ जना विस्थापित भएका उनले बताए । अहिलेसम्म ७ सय ९४ मध्ये ४ सय ९४ परिवारलाई त्रिपाल, टनेल, सिल पोलिथिन वितरण गरिएको छ भने ५० थान कम्मल वितरण गरिएको छ ।

    दार्मामात्र नभई कुमाख गाउँपालिकामा भूकम्पले ३१ घर पूर्ण र ५ घर आशिंक क्षति भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवि खड्काले पूर्ण रूपमा घर क्षति भएका ३१ परिवारका १ सय ६० परिवार विस्थापित भएका छन् । ती परिवार अहिले घरनजिकैको खुला चौरमा त्रिपाल टाँगेर बसेको छ ।

    बाग्चौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतमले पालिकाका विभिन्न क्षेत्रमा २४ घर बस्न नमिल्ने गरी क्षति भएका र ती घरका ५० भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको बताए । उनका अनुसार सामान्य क्षति भएका घरको तथ्यांक संकलन गरिएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij