शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

फूलहरुले तिहारको स्वागत गर्दै

  • प्रकाशित मिति : शुक्रबार, कार्तिक २४, २०८०



  • इलाम । इलाममा ढकमक्क फुलेका सयपत्री फूलहरुले तिहारलाई स्वागत गरिरहेका छन् । उज्यालोको पर्व तिहारमा सबैभन्दा बढी प्रयोग हुने सयपत्री फूलको इलाममा व्यवसायीक खेती हुन थालेको छ ।

    जब सयपत्री ढकमक्क हुन्छ, तिहारको झल्को आइहाल्छ । तिहार पर्वमा माला उनेर लगाइने सयपत्री फूल विशेष गरि कार्तिक महिनामा फुल्ने गर्दछ ।

    तिहारमा दिदी वहिनीहरुले दाजुभाइलाई टीका लगाएर सयपत्री फूलबाट तयार गरिएको माला लगाइदिने गर्दछन् । पछिल्ला केही वर्षयता इलाममा व्यवसायिकरुपमा सयपत्री फूलखेती हुनेक्रम बढ्दै गएको छ ।

    पारिलो घाम लाग्ने ठाउँमा राम्रोसँग फुल्ने सयपत्री फूल रोपेको ८० देखि ९० दिनमा फुल्ने गर्छ । सौन्दर्य र सुगन्धित सयपत्री फूलका अनेकन विशेषता छन् ।

    तिहारमा पूजाआजा गर्न, घर सजावट गर्न र भाइटीकामा दाजुभाइका लागि माला बनाउन सयपत्री फूलको प्रयोग हुने गर्दछ । तर यसपटक भने फूलको माग बजारमा नभएको फुलखेती गर्ने इलाम गोदकका किसान मनबिर थापाले बताउनुभयो ।

    लक्ष्मी पुजा गरिसकेपछि साँझमा चेलिबेटीहरुले खेल्ने भैलो र गोवर्धन पुजाको दिन पुरुषहरुले खेल्ने देउसीमा पनि सयपत्री फुलको नाम लिइन्छ । प्रकाश नेपाल

    छोटो समयमा राम्रो आम्दानी गर्न सकिने भएकाले यसतर्फ किसानको आकर्षणसमेत बढ्दै गएको हो । बाह्रै महिना फुल्ने भएपनि तिहारमा सयपत्री फूलको विशेष महत्व रहने गर्छ ।

    तिहारका वेला बजारमा बनाइएका मालाभन्दा आफ्नै घरमा फुलेका, आफ्नै हातले टिपेर–गाँसेर बनाएका माला दाजुभाइलाई लगाइदिँदाको खुशी छुट्टै हुने गर्दछ ।

    तिहारलाई फूलहरुको पर्वका साथै दिदीबहिनी र दाजुभाइको सम्बन्धलाई मजबुत बनाउने चाडको रुपमा समेत लिने गरिन्छ । तिहारमा विशेष गरि साथीभाइ जम्मा भएर मिलिजुली देउसी भैलो खेल्दै रमाइलो गरि मनाउने पर्व भएकाले पनि तिहारको रौनक बेग्लै हुने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij