प्रकाशित मिति : आइतवार, कार्तिक २६, २०८०
बिनिता शर्मा,काठमाडौ। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा यमपञ्चकको दोश्रो दिन तालिम प्राप्त कुकुरको पुजा गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी केन्नाईन शाखा धरान र बिराटनगर बिमान स्थलमा रहेका १० वटा प्रहरीको तालिम प्राप्त कुकुरहरुलाई प्रहरी बैण्डबाजा सहित बिधिवतरुपमा पुजा गर्नु भएको हो ।
वहाँले नेपाल प्रहरीको अपराध अनुसन्धान, विमानस्थल, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायत बिभिन्न अपराध अनुसन्धानमा उल्लेखनिय कार्य गर्दै आईरहेका कुकुरहरुलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरु खुवाउनु भएको थियो ।
पुजामा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाले समेत कुकुरहरुलाई माला र मिठा खानेकुरा दिई पुजा गर्नु भएको थियो । अपराध अनुसन्धानका लागि सबैभन्दा उपयुक्त जनावरको रुपमा लिइने कुकुरको पुजा नेपाल प्रहरीले बिशेष रुपमा गर्ने गरेको छ ।
उक्त पुजा कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवी, प्रदेश प्रहरी गण बिराटनगरका प्रमुखहरु, प्रहरी अधिकृतहरु तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij