आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

यो एउटा चिज छाड्नु भयो भने ४० प्रतिशत घट्ने छ मधुमेहको खतरा

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ३०, २०८०



  • काठमाडौँ । बिँडी, चुरोट सेवन राम्रो होइन । यसका कारण कयौँ रोग लाग्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अन्तर्राष्ट्रिय मधुमेह संघ (आईडीएफ) र न्यूक्यासल विश्वविद्यालयले गरेको संयुक्त अध्ययनका अनुसार धूम्रपान छाड्दा दोस्रो खालको मधुमेहको जोखिम ३० देखि ४० प्रतिशतसम्म कम हुन्छ । धूम्रपानले ब्लड सुगर लेबललाई नियन्त्रित गर्ने शरीरको क्षमतालाई प्रभावित गर्ने अनि यसका कारण दोस्रो खालको मधुमेह हुने प्रमाणले देखाएका डब्ल्यूएचओले एक विज्ञप्तिमा भनेको छ ।

    विश्वभर सबैभन्दा धेरै मानिसमा पाइने पुरानो रोगमध्ये एउटा दोस्रो खालको मधुमेह पनि भएको डब्ल्यूएचओको स्वास्थ्य एजेन्सीले भनेको छ । यसलाई रोक्न चाहिँ सकिने एजेन्सीको भनाइ छ । दोस्रो खालको मधुमेहको मुख्य कारण अधिक वजन, पर्याप्त व्यायाम नगर्नु अनि आनुवंशिकता हो । विश्वभरमा ५ करोड ३७ लाख मानिसलाई मधुमेह भएको आईडीएफको अनुमान छ । अनि यो सङ्ख्या निरन्तर बढिरहेको छ । जसका कारण मधुमेह विश्वमा मृत्युको नवौँ ठुलो कारण बनेको छ ।

    धूम्रपानका कारण मुटुको रोग, मिर्गौलाले काम गर्न बन्द गर्ने, अन्धोपना जस्तो बिमारीको खतरा बढ्छ । मधुमेह हुँदा शरीरमा घाउ भर्न पनि समय लाग्छ । मधुमेहको खतरा कम गर्न अनि मधुमेह भयो नै भने पनि गम्भीरता कम गर्न धूम्रपान छाडिदिन संस्थाले अनुरोध गरेको आईडीएफका अध्यक्ष अख्तर हुसेनले भनेका छन् । विश्वभर सरकारहरूले नीतिगत कदम उठाएर मानिसहरूलाई धूम्रपान छाड्न प्रेरित गर्नु पर्ने अनि सार्वजनिक स्थलमा धूम्रपानमा रोक लगाउनु पर्ने पनि उनले बताए ।

    मधुमेहको खतरा कम गर्ने अन्य तरिकाहरुः

    वजन धेरै छ भने कम गर्नुस्:

    तपाईँको वजन धेरै छ भने त्यसलाई घटाउनुस् । जो जो मान्छेको तौल अधिक छ उनीहरूमा वजन कटौतीपछि मधुमेहको खतरा ६० प्रतिशतसम्म कम भएको एउटा अध्ययनले देखाएको थियो ।

    शारीरिक रूपमा सक्रिय रहनुस्:

    नियमित रूपमा व्यायाम गर्नुस् अनि शारीरिक रूपमा सक्रिय रहनुस् । दिनहुँ कम्तीमा पनि २० देखि २५ मिनेट व्यायाम गर्नुस् । लामो समयसम्म एकै स्थानमा बसिरहनु पनि हुन्न ।

    बोटबिरुवाबाट पाइने खानेकुरा खानुस्:

    आफ्नो आहारमा हरियो साग, तरकारी र फलफूल सकेसम्म धेरै पार्नुस् । खानामा फाइबरयुक्त खानेकुरा सकेसम्म धेरै समावेश गर्नुस् । यसले तौल कम राख्न मद्दत मिल्छ । प्रशोधित र अधिक तेल मसला भएका खानेकुरा सकेसम्म नखानुस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij