आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आगलागीबाट करिब १३ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल क्षति

  • प्रकाशित मिति : शनिबार, मंसिर २, २०८०



  • बिनिता शर्मा,काठमाडौ। कैलाली जिल्लामा आगलागीबाट करिब १३ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

    धनगढी उपमहानगरपालिका-१ स्थित भण्डारी जनरल स्टोरको जुत्ताचप्पल राख्ने गोदाममा करेन्ट सर्ट भई गएराति भएको आगलागी फैलिएर नजिकैका अन्य गोदाम तथा अस्पतालमा समेत आगलागी हुँदा करिब १३ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल
    जलेर नष्ट भएको छ ।

    आगो फैलिएर दल बहादुर भण्डारीको उक्त गोदाम, सँगै जोडिएको टेकेन्द्र शर्माको मधुमाला बेवी सपको गोदाम, बासुदेव भट्टको भट्ट सपिङ सेन्टर, जगत बहादुर बलायरको सुभिक्षादेवी सपिङ सेन्टरको कपडा गोदाम, यसोदा साउदको न्यू सदिक्षा ईन्टरप्राईजेजको
    गोदाम, गौरी भण्डारीको भण्डारी सु-सेन्टरको गोदाम, जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स र सारथी अस्पतालमा गरी उक्त रकम बराबरको धनमाल जलेर क्षति भएको हो ।

    नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालबाट खटिएको टोलीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको, प्रहरी प्रधान कार्यालय नक्सालका प्रबक्ता Digp कुबेर कडायतले जानकारी दिनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij