प्रकाशित मिति : मङ्लबार, मंसिर ५, २०८०
बिनिता शर्मा,काठमाडौ। प्रहरीले अवैध लागूऔषध कोकिन १ किलो ९ सय ७३ ग्राम सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अवैध लागूऔषध कोकिन १ किलो ९ सय ७३ ग्रामसहित भारतीय नागरिक ३२ वर्षीया किमरोसाङगीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
हिमालय एयरलाइन्सबाट दोहा हुँदै काठमाडौं आएकी उनलाई काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा प्रहरीले जाँच गर्ने क्रममा सुटकेसमा फल्स बटम बनाई लुकाई ल्याउँदै गरेको उक्त कोकिनसहित पक्राउ गरेको हो ।
उनी उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय नक्सालका प्रबक्ता Digp कुबेर कडायतले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij