प्रकाशित मिति : शुक्रबार, मंसिर ८, २०८०
काठमाडौँ । प्रशासनले रोक लगाएको स्थानमा प्रदर्शनको कोसिस गरेपछि प्रहरीले दुर्गा प्रसाईंका केही समर्थकहरुलाई राजधानीको तीनकुनेबाट पक्राउ गरेको छ । हालसम्म ७४ जना पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नरहेको भन्दै शुक्रबार सूचना जारी गरेको थियो । तर उक्त सूचनाको अवज्ञा गर्दै केही व्यक्तिहरु उक्त क्षेत्रमा जम्मा भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । नियन्त्रणमा लिएकाहरुलाई भद्रकालीमा राखिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij