शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘प्रहरी हुँ’ भन्दै व्यापारीसँग पैसा असुल्ने पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, मंसिर १५, २०८०



  • वीरगन्ज। व्यापारीसँग पैसा उठाइरहेको अवस्थामा पर्सा प्रहरीले एकजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२३ हरपतगन्जमा व्यापारीसँग महिनावारी रकम उठाइरहेको विशेष सूचनाको आधारमा प्रहरीले ४५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरेको हो ।

    ‘प्रहरी हुँ’ भन्दै व्यापारीसँग पैसा असुल्ने पक्राउ

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार बाराको आदर्शकोतवाल गाउँपालिका– ८ लक्ष्मीटोल निवासी कोइरीले विगत ५/६ महिनादेखि आफू मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट पर्सा, बारा र रौतहटका लागि खटिएको ‘घुमुवा प्रहरी हुँ’ भन्दै हरपतगन्जस्थित केमिकल कम्पनी अगाडि व्यापारीसँग पैसा उठाइरहेको जानकारी आउनासाथ प्रहरी चौकी सिर्सियाबाट प्रहरी परिचालन गरिएको थियो । कोइरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरी प्रवक्तासमेत रहेको थापाले जनाए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij