आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एनसेल ब्रिक्री प्रकरणमा प्राधिकरणको प्रतिक्रिया : हामीलाई आधिकारिक जानकारी छैन

  • प्रकाशित मिति : शनिबार, मंसिर १६, २०८०



  • काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजिएटाको शेयर खरिद-बिक्री प्रकरणबारे आफूहरू पनि बुझ्ने क्रममै रहेको र अहिलेसम्मको जानकारी सञ्चार माध्यममा प्रकाशित समाचारहरूबाट मात्र थाहा प्रतिक्रिया दिएको छ । यस विषयमा वास्तविकता बुझ्न प्राधिकरणले बिहीबार नै एनसेललाई पत्र पठाए पनि जवाफ आएको छैन ।

    एनसेल ब्रिक्री प्रकरणमा प्राधिकरणको प्रतिक्रिया : हामीलाई आधिकारिक जानकारी छैन
    प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सो सम्बन्धमा एनसेललाई पत्राचार गरिएको र जवाफको पर्खाइमा रहेको बताए । ‘दूरसञ्चार ऐन र नियमावलीमा यस्तो खाले ठूला कम्पनीहरूको शेयर स्वामित्व खरिद-बिक्री हुनुपूर्व नियामक निकायबाट पूर्वस्विकृति लिनुपर्ने व्यवस्था छ,’ अध्यक्ष खनालले भने, ‘हामीले पत्र पठाएका छौं । उहाँहरूको जवाफ प्राप्त भएपछि सो खरिद-बिक्री अघि बढाउन स्वीकृति दिने/नदिनेबारे प्राधिकरणले निर्णय गर्नेछ ।’

    खनालले एनसेलजस्तो ठूलो र जिम्मेवार कम्पनीले कानुनको बर्खिलाप हुने गरी खरिद-बिक्रीको कार्य नगरेको हुनुपर्नेमा आफूहरू विश्वस्त रहेको पनि बताए । दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) मा चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij