शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ढोरपाटन र मध्यपहाडी लोकमार्गमा हिमपात

  • प्रकाशित मिति : सोमवार, मंसिर १८, २०८०



  • बागलुङ । सोमबार बिहानदेखि झरी पर्दा ढोरपाटन र मध्यपहाडी लोकमार्गको केही खण्डमा हिमपात भएको छ । सिकार आरक्ष रहेको ढोरपाटन उपत्यका हिउँले सेताम्मे भएको छ ।

    ढोरपाटनका अधिकांस बासिन्दा बेंसी झरेकाले यहाँ केही मानिस मात्रै बसेका छन् । आरक्षका कर्मचारी, सैनिक गण र केही तिब्बती शरणार्थी मात्रै छन् । उनीहरू घरभित्रै बसेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रराज कँडेलले जानकारी दिए ।

    निसीखोला गाउँपालिका ६ मा पर्ने मध्यपहाडी लोकमार्गको पातीहाल्ने क्षेत्रमा पनि सोमबार बिहानैदेखि हिमपात भएको स्थानीय दीपक अदैले बताए । हिमपातले सडक चिप्लो हुने डरले सवारीसाधन गुडेका छैनन् । यो सडकमा रुकुमदेखि पोखरा र काठमाडौंका लागि सवारी छुट्ने गरेका छन् । हिमपातले मानिस घरभित्रै बसेपछि पशुचौपायालाई घाँसपानी खुवाउन समस्या भएको समेत उनीहरूको गुनासो छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij