प्रकाशित मिति : बुधबार, मंसिर २०, २०८०
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज विष्ट पुरस्कृत भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले हालै एक कार्यक्रमकाबीच एसएसपी विष्टलाई पुरस्कृत गरेको हो।

कर्णाली प्रदेशमा रहेका १० जिल्लामा पछिल्ला वर्षहरुका घटेका अपराध जन्य घटनाको सफल अनुसन्धानमा उच्च भूमिका निवाह गरेको भन्दै नेपाल प्रहरी प्रदेश कार्यालय (नेपालगन्ज) का इन्चार्जसमेत रहेका एसएसपी विष्टलाई सम्मानका साथै पुरस्कार दिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महारीक्षक (डिआईजी) भीम ढकालले एसएसपी विष्टलाई प्रमाण पत्रसहित पुरस्कार हस्तान्तरण गरे।
संगठनले कामको मूल्यांकन गरेको भन्दै एसएसपी विष्टले आगामी दिनमा थप कार्य सम्पादनमा हौसला प्रदान भएको बताए। एसएसपी विष्टले केही समय अघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा सरुवा भएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij