आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले सरकारबाट हटेपछि देश कंगाल बन्दै गएको छ : ओली

  • प्रकाशित मिति : बिहिबार, मंसिर २१, २०८०



  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सरकारबाट हटेपछि देशमा आर्थिक समस्या चर्किएको बताएका छन् ।

    झुलाघाट चिवाभन्ज्याङ अभियान अन्तर्गत बुधबार गुल्मीमा आयोजित सभामा उनले एमालेले सरकार छाडेपछि देश कंगाल बन्दै गएको बताएका हुन् ।

    ‘एमालेबाहेक अरुले देश बनाउन सक्दैन, एमालेको एकल सरकारबाट मात्र त्यो संभव छ भन्ने सबै जिल्लामा दिएको उत्साहले प्रमाणित गरेको छ । सरकारबाट एमाले हटेपछि देश कंगाल बन्दै गएको छ, अब एमालेलाई एकल बहुमत दिलाउन सबैको साथ चाहियो’, उनले भने ।

    ओलीले देश अत्यन्तै अफ्ठेरो अवस्थामा पुगेको बताउँदै खाली आयात मात्रै गरिरहेको र निर्यात केही नभइरहेको अवस्थामा नयाँ योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । ‘अब ढिलो नगरौं, एमालेले देशको आर्थिक समृद्धिका लागि जुटिरहेको छ । यसमा नेपाली जनताको साथ चाहिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij