आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मन्दिरबाट चोरी गरेको शालिग्रामसहित एक पुरुष पक्राउ

  • प्रकाशित मिति : सोमवार, मंसिर २५, २०८०



  • बर्दिया । बर्दियामा मन्दिरबाट चोरी गरेको शालिग्रामसहित एक पुरुष पक्राउ परेका छन् । ठाकुर बाबा नगरपालिका–९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र विकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    ठाकुरद्वारास्थित ठाकुर बाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठुलो शालिग्राम १ थान, ३ सय ग्राम बराबरको शालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    अस्थायी प्रहरी पोस्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका सामान फेला परेको प्रहरीले जनाएको छ ।

    घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij