शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आठ वर्षमा दोदा नदीमा पुलका तीन पिलर मात्रै बने

  • प्रकाशित मिति : बुधबार, मंसिर २७, २०८०



  • काठमाडौं । कञ्चनपुरको दोदा नदीमा आठ वर्षअघि शुरु गरिएको पुल निर्माण कार्यमा तीन वटा पिलर मात्रै बनेको छ ।

    लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमा आठ वर्षअघि पक्की पुल निर्माण कार्य शुरु गरिएकोमा हालसम्म पुलका तीन वटा पिलर मात्र बनेका छन् ।

    उक्त पुल निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने गरी २०७२ पुस २६ गते २४ करोड ५२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माण कार्यको जिम्मा लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीले पाएको थियो ।

    धेरै पटक म्याद थपिसक्दा पनि पुल निर्माण कार्यले गति लिएको छैन । ती तीन वटा पिलर पनि मापदण्डविपरीत बनेपछि २०७८ साउनमा पुलको नयाँ डिजाइन तयार गरिएको छ ।

    निर्माण कम्पनीलाई बारम्बार ताकेता गर्दै आएपनि ठेकेदारले विभिन्न बहाना बनाएर लापरवाही गरिरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । पुल निर्माणका लागि हालसम्म १२ करोड भुक्तानी भइसकेको जनाइएको छ ।

    पक्की पुल निर्माण नहुँदा स्थानीयले शुल्क तिरेर काठको अस्थायी पुल प्रयोग गर्दै आएको बताएका छन्

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij