प्रकाशित मिति : बुधबार, मंसिर २७, २०८०
ताप्लेजुङ। ताप्लेजुङको फावाखोलामा परेको असिनाले खेतीबालीमा सामान्य क्षति पुर्याएको छ । फुङलिङ नगरपालिकाका ११ फावाखोलामा बुधबार दिउँसो असिना परेको नगरपालिकाका निवर्तमान उपप्रमुख बमबहादुर भट्टराईले बताए ।
ताप्लेजुङको फुङलिङ नगरपालिका ११ फावाखोलामा बुधबार दिउँसो परेको असिना ।
‘बालीमा सामान्य क्षति पुर्याएको छ । ठूलै क्षति चाहिँ पुगेन,’ भट्टराईले थपे, ‘तर यसरी मंसिर पुसमा असिना परेको चाहीँ थाहा थिएन ।’
पटक/पटक गरेर बाक्लो गरी असिना झरेको उनले बताए । लेकाली तथा हिमाली क्षेत्रमा यतीबेला हिउँपर्ने मौसम हो । यो वर्ष कहीँ कतै सामान्य बाहेक अहिलेसम्म हिउँ परेको छैन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij