आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हनी ट्र्यापमा पारेर पैसा असुलेको अभियोगमा तीन महिलालाई डेढ वर्ष कैद सजाय

  • प्रकाशित मिति : मङ्लबार, पुस ३, २०८०



  • बर्षात ओली, दाङ ।दाङमा एकजना कानुन व्यवसायी पुरुषलाई हनी ट्र्याप पारेर पैसा असुलेको अभियोगमा धरौटीमा छुटेका घोराहीमा तीन महिलालाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ ।  होटेलमा खाजा खान बोलाएर  बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई दाङ जिल्ला अदालतले जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको अदालतका तहसिलदार निरञ्जनबाबु पाण्डेले बताउँनुभयो ।

    जिल्ला न्यायाधीश जगबहादुर पौडेलको एकल इजलासले कानुन व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीय सीतादेवी थापा १५ हजार रुपैयाँ, ३५ वर्षीय खुमा वली र ३२ वर्षीय सुष्मा परियारलाई कैदसहित जनही १० हजार रुपैयाँ जरिवाना गर्ने अदालतले फैसला गरेको छ ।
    उनीहरूले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको यसअघि प्रहरी अनुसन्धानबाट खुलेको थियो । ती महिलाबाट १७ लाखको चेक पनि प्रहरीले बरामद गरेको थियो ।
    तत्कालीन  एसपी सुरेश काफ्लेको नेतृत्वमा प्रहरीले उनीहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाखसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान गरेर सरकारी वकिल मार्फत अदालतमा मुद्दा चलेको थियो ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख राम बहादुर केसीले  अदालतको  आदेशसँगै  प्रहरीले उनीलाई पक्राउ गर्ने तयारी  गरेको बताउँनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij