शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सेनालाई कमजोर बनाउन गिरोह नै क्रियाशील छ : प्रधानसेनापति शर्मा नेपाल आर्मी कसैको न्वारान गर्ने संस्था होइन

  • प्रकाशित मिति : बुधबार, पुस ४, २०८०



  • प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई कमजोर बनाउन गिरोह नै क्रियाशील रहेको बताएका छन् ।

    संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले सेनाका उच्चपदस्थ अधिकृतहरूको उमेर विवादबारे राखेको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानसेनापतिले यस्तो बताएका हुन् ।

    ‘सेनालाई कमजोर बनाउने एउटा तत्व क्रियाशील छ । सेनालाई अरूको अगाडि गिराउन खोज्ने एउटा गिरोहले काम गरिरहेको छ । त्यो गिरोहले अपुष्ट कुरा ल्याउँछ र सेनालाई बदनाम गराउन खोजिएको छ,’ उमेर विवादबारे जवाफ दिँदै उनले भने ।

    अस्पतालबाट जन्मदर्ता प्रमाणपत्र प्राप्त नगर्दाको तत्कालीन समयमा कसैको उमेर एसएलसी, नागरिकता र चारित्रिक प्रमाणपत्रका आधारमा तय गर्ने गरिएको चर्चा गर्दै उनले नेपाली सेना, निजामती र अन्य सेवामा पनि उमेर प्रमाणित गर्ने आधार त्यही भएको बताए ।

    ‘पहिले अस्पतालले जन्मदर्ता दिने गरेको थिएन । त्यसैले पहिले–पहिले एसएलसी, नागरिकता र चारित्रिक प्रमाणपत्रका आधारमा उमेर प्रमाणित गर्ने गरिएको थियो,’ उनले भने, ‘बढुवाका लागि सिफारिस गर्नुअघि ती सबै कागजातहरू सम्बन्धित निकायबाट पटकपटक प्रमाणित गराउने गरिएकाले सेनामा गल्ती भएको छैन ।’

    नेपाल आर्मी कसैको न्वारान गर्ने संस्था नभएको बताएका प्रधानसेनापति शर्माले सेनामा रेकर्ड सिस्टम राम्रो छैन भनेर देखाउन चाहने तत्वको खेल भएको जिकिर गरे ।

    उनले नेपाली सेनालाई बर्बाद गर्नतिर लाग्नेहरूलाई पनि कारबाही गर्ने कानुन ल्याउन सांसदहरूसँग माग गरे

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij