आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका मन्त्रिपरिषद्‌बाट स्वीकृत

  • प्रकाशित मिति : बिहिबार, पुस ५, २०८०



  • काठमाडौँ ।मन्त्रिपरिषद्को बिहीबारको बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धी निर्देशिका, २०८० पारित गरेको छ । मन्त्रिपरिषद्को‌ सामाजिक समितिले पेस गरेको निर्देशिका मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

    यसअघि २०७५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेको थियो । सो कार्यविधिमा सबै सरकारी कार्यालयले विभिन्न सामाजिक सञ्जाल प्लाटफर्ममार्फत सेवाग्राहीलाई सूचना दिनुपर्ने उल्लेख थियो । ट्वीटर, फेसबुक र भाइबरजस्ता सामाजिक सञ्जाल सञ्चालन गर्नुपर्ने भनिएको थियो । साथै, कार्यालयहरूले आफ्ना सूचना पनि सामाजिक सञ्जालबाट नै सार्वजनिक गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख थियो । हाल सोही कार्यविधिमा संशोधन गरी निर्देशिका बनाइएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिए । ‘यो नयाँ निर्देशिका होइन, पहिलेकै कार्यविधिमा केही संशोधन गरिएको हो,’ उनले भने, ‘के-के संशोधन भयो, त्यो हेर्न पाएको छैन, समिति आफैंले गरेको हो ।’

    मन्त्रीपरिषद्ले दुई महिनाअघि सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको थियो । फेसबुक, एक्स (ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल प्लाटफर्ममा राखिने सामग्रीहरू विकृत भएको भन्दै सरकारले निर्देशिका ल्याएको थियो । हाल सरकारले सामाजिक सञ्जाल चलाउँदा प्रयोगकर्ताले गर्न नहुने कार्यहरू गरे र प्लाटफर्म सञ्चालकले स्थानीय कानुन उल्लंघन गरे जरिवाना र सजायका विविध प्रावधानसहित सामाजिक सञ्जालको प्रयोगलाई नियमन (सञ्चालन तथा व्यवस्थापन) गर्नेसम्बन्धी विधेयक तर्जुमाको काम अघि बढाइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij