प्रकाशित मिति : बिहिबार, पुस ५, २०८०
काठमाडौँ । नेपाली कांग्रेसका मधेश प्रदेश सभापति एवम् प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवले प्रदेशलाई अधिकारसम्पन्न नबनाए सिंहदरबार घेर्न आउने चेतावनी दिएका छन् । उनले प्रदेशलाई अधिकार नदिएसम्म संघीयता बलियो नहुने दाबी गरे । बिहीबार कांग्रेसको मधेश प्रदेश सम्मेलनमा बोल्दै सभापति यादवले प्रदेशलाई अधिकार नदिएका कारण काम गर्न नसकेको बताए ।
‘प्रदेश सरकारसँग अधिकार छैन । संविधानले, कानुनले दिएको अधिकार पनि संघले अधिकार दिएको छैन । हामीले प्रधानमन्त्रीसँग पटक–पटक अधिकारका विषयमा कुरा गरेका छौँ । तर अधिकार पाएनौँ,’ उनले भने, ‘हामीसँग प्रहरी छैन । कर्मचारी छैनन् । यदि अब पनि प्रदेशलाई अधिकार नदिने हो भने हामी राजनीतिक प्रस्ताव पास गरेर सिंहदरबार घेर्न आउँछौँ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij