आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धनुषामा हिरासतमै थुनुवाको मृत्यु, प्रहरीको गोलीबाट एक घाइते

  • प्रकाशित मिति : शुक्रबार, पुस ६, २०८०



  • धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु भएको छ।

    हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका थुनुवाको गए राति मृत्यु भएको हो।

    सुगा निकासका दीपनारायण मण्डलको मृत्यु भएपछि परिवार तथा आफन्त आक्रोशित छन्। उनीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्।

    भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। हवाई फायर गर्दा एक जना घाइते भएका छन्। शंकर मण्डल घाइते भएका हुन्।

    मण्डलको हातमा गोली लागेको छ। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य राजेश सक्सेनाका अनुसार छिमेकीसँग झै-झगडा हुँदा दिपनारायणलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको थियो।

    विपक्षीले इलाका प्रहरी कार्यालयका प्रमुख बालमुकुन्द ठाकुरलाई ‘पैसा खुवाएर’ निर्घात कुट्न लगाउँदा दीपनरायणको मृत्यु भएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवालेले घटनास्थलमा अवस्था तनावग्रस्त रहेको बताए। उनले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij