शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

प्रधानमन्त्री कप पुरूष क्रिकेट : सुदूरपश्चिम छनौट बैतडीमा शुरू

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०८०



  • बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट आजदेखि बैतडीमा शुरू भएको छ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा उद्घाटन खेलमा दार्चुला र डडेल्धुरा भिडिरहेका छन् । दार्चुलाले टस जितेर ब्याटिङ गरिरहेको छ ।

    उद्घाटन समारोहमा नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशी लगायतको उपस्थिति रहेको थियोे ।

    सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट संघले यस वर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ । पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप र दोस्रो चरणमा कैलालीमा एलिट च्याम्पियनसिपका खेलहरू हुनेछन् ।

    प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा एलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् ।
    गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै एलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् ।

    प्लेट च्याम्पियनसिपको विजेता टोलीले एलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो ।

    प्लेट च्याम्पियनसिपको उद्घाटन खेल पुस ८ गते दार्चुला र डडेल्धुरा खेल्नेछन् भने एलिट च्याम्पियनसिपको उद्घाटन खेल पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल हुनेछ ।

    खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि प्लेट र एलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । यसअघि सुदूरपश्चिम प्रदेशमा महिला छनौटका लागि पनि यस्तै प्रतियोगिता आयोजना गरिएको थियोे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij