प्रकाशित मिति : आइतवार, पुस ८, २०८०
भक्तपुर ।नेपाल प्रहरीमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई) आइतबार मृत अवस्थामा भेटिएका छन् । आइतबार बिहान ७ बजे सूर्यविनायक नगरपालिका-८ सिपाडोल टौखेलस्थित आफ्नो घरमा सई बालकृष्ण उपाध्याय घिमिरे मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक किशोर ढुंगानाले सई उपाध्यायलाई घरैमा मृत अवस्थामा भेटिएको जानकारी दिए ।
प्रहरी निरीक्षक ढुंगानाका अनुसार उनको मृत्युको कारण खुलिसकेको छैन। पोष्टमर्टमको लागि प्रहरीले शव दुवाकोटस्थित केएमसी अस्पतालमा लगेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij