शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, पुस १०, २०८०



  • बिनिता शर्मा,काठमाडौ। प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जनालाई पक्राउ गरेको छ ।

    मोरङ जिल्लाको बिराटनगर महानगरपालिका-१७ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६४ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ पान्धारे टोल बस्ने ३० वर्षीय बिजय चाम्लीङ राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प ६३३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-६ बस्ने २५ वर्षीय सन्दिप सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोशाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका-३ रझेना बस्ने २९ वर्षीय समिर थारूलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्रामसहित गोदावरी नगरपालिका-२ बस्ने १९ वर्षीय आरिक अन्सारी समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्तसहित पक्राउ गरेको हो ।

    दाङ जिल्लाको घोराही उपमहानगरपालिका-१४ नयाँबजार बस्ने दम बहादुर पुन समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ८० मिलिग्राम र नगद २८ हजार ८ सय ४५ रूपैयाँसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले पुनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij