शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

धरानका मेयर साम्पाङले कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको राखे

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०८०



  • सुनसरी । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले कार्यकक्षमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको राखेका छन् ।

    सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने निर्णयबमोजिम यलम्बरको फोटो टाँसेका छन् । बिहीबार उनले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको फोटो राखेपछि ताला लगाएर निस्केको एक कर्मचारीले बताए ।

    साम्पाङले बुधबार सामाजिक सञ्जालमा लेखेका थिए ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश !’

    केही दिनअघि पनि साम्पाङले धरानलाई स्वायत्तता दिनुपर्ने माग राखेका थिए । स्वायत्तता माग गर्दै सामाजिक सञ्जालमा लेखेका थिए, ‘धरानलाई कि त विकास देऊ नत्र स्वायत्तता देऊ ! स्वायत्तता दिए तिमेरुको केही चाहिँदैन हाम्लाई ! स्वतन्त्र राज्य बनाउन नपरोस् ! विचार चोगे !’ पछिल्लो केही समयदेखि मेयर साम्पाङले धरानमा एयरपोर्ट बनाउनुपर्ने माग गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij