आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्स २८ हजार ७३१ घण्टा आकाशमा उडेको थियो

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०८०



  • काठमाडौँ । गत माघ १ गते पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्स प्राविधिक कारणले नभई मानवीय (पाइलट) को त्रुटिका कारण नै दुर्घटनामा परेको अध्ययन समितिले निष्कर्ष निकालेको छ । जहाज दुर्घटनाको ११ महिनापछि अन्तिम अध्ययन प्रतिवेदन बुझाएको समितिले सन् २००७ अगष्ट १ मा बनेको जहाजले जम्मा २८ हजार ७३१ घण्टा ३३ मिनेट (दुर्घटनाको समयसम्म) मात्र उडान भरेको जनाएको हो ।

    एटीआर फ्रान्सः एभियसन डी ट्रान्सपोर्ट रिजिनल तथा इटालियनः एयरी डी ट्रान्सपोर्ट रिजिनलले उत्पादन गरेको जहाज ३० हजार १०४ साइकल उडेको अध्ययन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । जबकि जहाजको नियमित चेकजाँच, सर्भिसिङको समय समेत २०२३ अप्रिल २४ सम्म रहेकोमा समयअगावै प्राविधिक समस्या नरहेकै अवस्थामा १४ जनवरी, २०२३ मा नै जहाज दुर्घटनामा परेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

    प्राविधि रुपमा प्रायः जहाज ठिकठाक रहेकै अवस्थामा मौसम समेत अनुकूल रहेको तर चालकको छोटो र कठिन निर्णयका बाबजुद जहाज दुर्घटना पर्न गएको अध्ययन समितिको निष्कर्ष छ ।

    खासगरी जहाज उडानका क्रममा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको र त्यसलाई तत्काल गतिशीलता दिन नसक्दा जहाज दुर्घटना परेको अध्ययन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

    बिहानको १०ः५१ बजे काठमाडौँबाट पोखराका लागि उडेको जहाजको प्राविधिक स्थिति ठिकठाक नै रहेको थियो । अवतरण गर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको मौसम, भिजिविलिटी सम्पूर्ण पक्ष राम्रो थियो । भीएनपीआरमा टेक अफ, चढाई, क्रूज र अवतरण सामान्य थियो । मौसम अनुकूल थियो । भीएमसी गन्तव्य एयरपोर्टको बाटोमा भीएनपीआर टावरसँगको पहिलो सम्पर्कको समयमा, एयर ट्राफिक कन्ट्रोलर(एटीसी) सँग विमान अवतरणका लागि अनुमति माग गरेकोमा रनवे ३० को अनुमति प्रदान गरिएको थियो ।

    तर तोकिएको धावनमार्गमा नभएर चालक दलले अकस्मात् रनवे परिवर्तन गरेर १२ को अनुमति माग गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    यसो हुँदा पनि रनवे १२ अवतरणका लागि योग्य रहेको एटीसीले सन्देश पठाएको थियो । तर जहाज ६ हजार ५०० फिटमाथिबाट एकैपटक ७२१ फिटमा झारेर एकैपटक माथि उठाउन खोज्दा इन्जिनको गति स्थिर हुनपुगेको र जहाज तल झर्नपुगेको देखिएको अध्ययन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

    जहाज एकैपटक सेती नदिको खोँचमा खस्न पुगेको थियो । जहाज भुईँमा बजारिन पुगे लगत्तै आगजनी हुँदा जहाजमा सवारी ७२ यात्रुकै मृत्यु हुन पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    जहाजमा ४ जना चालक दल (क्र्यू मेम्बर) सहित ६८ जना यात्रु सवार थिए । यी ७२ जना यात्रुहरुकै घटनास्थलमा मृत्यु हुन पुगेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij