आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

५ जिल्लाका भूकम्पपीडितका लागि २ अर्ब २६ करोड रुपैयाँ निकासा

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०८०



  • काठमाडौँ । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, बाजुरा, सल्यान र बझाङमा अस्थायी आवास निर्माणकालागि अहिलेसम्म २ अर्ब २८ करोड रुपैयाँ निकासा भएको छ । जसमा ३३ हजार ५ सय ४९ जनाले अस्थायी आवासमा पहिलो किस्ताका लागि सम्झौता गरेका छन् ।

    गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म पाँच जिल्लामा ६७ हजार ७ सय ८० लाभग्राही कायम भएकामा ३४ हजार २ सय ३१ जनाले अझै किस्ता लिनकालागि अझै सम्झौता गरेका छन् । प्राधिकरणका अनुसार सम्झौता गर्नसाथ भूकम्प पीडितले अस्थायी आवासकालागि २५ हजार रुपैयाँ पाउने छन् । त्यसपछि आवास निर्माण गरीसकेपछि थप २५ हजार रुपैयाँ पाउने छन् ।

    जाजरकोटमा कायम भएका लाभग्राही ३५ हजार १ सय ४० मध्ये १५ हजार ३ सय ९ जनाले मात्र सम्झौता गरेका छन् । रुकुम पश्चिममा १७ हजार ४ सय ३४ लाभग्राही कायम भएकोमा १६ हजार ३ सय २३ जनाले किस्ताका लागि सम्झौता गरेका छन् । बझाङमा ४ हजार ५ सय ७३ लाभग्राही कायम भएकोमा १ सय २४ जना, बाजुरामा २ हजार ७ सय २९ लाभग्राही कायम भएकोमा २ सय ८८ जनाले मात्र अहिलेसम्म सम्झौता गरेका छन् । सल्यानमा १ हजार ७ सय ३० लाभग्राही रहेकोमा ५ सय ८० जनाले सम्झौता गरेका छन् ।

    अहिलेसम्म निकासा भएको कुल रकम मध्ये लाभग्राही कायम भएको संख्याका आधारमा दोस्रो किस्ता दिन थप १ अर्ब १२ करोड ९० लाख रुपैयाँ अपुग हुने देखिन्छ । रकम सम्झौता गर्ने बढिरहेको र अस्थायी आवास निर्माणको काम पनि भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं प्रवक्ता ध्रुवबहादुर खड्काले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij