शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तुलसीपुरमा प्रथम थारु सांस्कृतिक तथा खाना महोत्सव

  • प्रकाशित मिति : शुक्रबार, पुस २०, २०८०



  • थारु समुदायको महान पर्व माघीका अवसरमा प्रथम थारु सांस्कृतिक तथा खाना महोत्सव २०८० हुने भएको छ । बिहिवार विभीन्न सरोकारवालाहरुको बिषेश बैठकले थारु समुदायको लोक सांस्कृति परम्परालाई जगेर्ना गर्ने र उजागर गर्ने उद्धेश्यले सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

    महोत्सवमा सांस्कृतिक कार्यक्रम संगै विषेशगरी आकर्षकका रुपमा थारु खानालाई प्रदर्शनीमा राखिने छ । थारु समुदायको भेषभुषा र स्थानीय उत्पादनलाई प्रचार गरीने गरि महोत्सव संचालन गरिने ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले बताए ।

    बैठकले यहि माघ ५ र ६ गते तुलसीपुर स्थीत अरनीको मैदानमा महोत्सव संचालन गर्ने नीर्णय गरेको छ । जसका लागि विभीन्न समीती उप समितीहरु गठन भएका छन् । महोत्सवलाई भव्य रुपमा सफल पार्नका लागि मुल समीती संयोजकमा भागीराम चौधरी रहनुभएको छ । यस्तै सह संयोजकमा छवी चौधरी, सदस्य सचिवमा दिप्तीशिखा चौधरी, र सदस्यमा छवी चौधरी रहेका छन।

    यस्तै मन्च ब्यवस्थापन समीतीको संगोजकमा टोप बहादुर घर्ती र सह संयोजकमा जित बहादुर खड्का रहेका छन । यस्तै आर्थिक समितीमा भागिराम चौधरी, बिष्णु बहादुर केसी,श्याम डांगी, छवी चौधरी र निर्मल आचार्य रहेका छ्न । खाना ब्यवस्थापन समितीको संयोजकमा बसन्त आचार्य रहेका छन। संचार संयोजकमा दिप्तीशिखा चौधरीलाई रहेकी छिन।

    महोत्सव मुल आयोजक समितीका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा बसेको बैठकको सहजीकरण ग्रीन फाउण्डेसनका सचिव शुरेस रावतले गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij