आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्‍बीच समझदारी-पत्रमा हस्ताक्षर

  • प्रकाशित मिति : सोमवार, पुस २३, २०८०



  • बिनिता शर्मा,काठमाडौ। नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्‍बीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

    Road Accident Information Management System (RAIMS) सफ्टवेयर संचालन तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरणमा सहकार्य गर्न नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्‍ बिच समझदारी-पत्रमा हस्ताक्षर भएको हो ।

    प्रहरी महानिरीक्षक IGP बसन्त बहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्र कुमार झा ले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोह बिच सोमबार उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सडक दुर्घटनाबाट हुने धनजनको क्षति एवम्ट्रा फिक व्यवस्थापन गम्भीर विषय भएको चर्चा गर्नुभयो । यस सम्झौताले दुर्घटना न्यूनिकरणका साथै धनजनको क्षतिमा समेत कमी ल्याउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त
    गर्नुभयो ।

    साथै दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा एवम् यातायात व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवाला निकायहरूको साथ सहयोग र समन्वय आवश्यक रहनेमा उहाँले जोड दिनुभयो ।

    समारोहमा सडक सुरक्षा व्यवस्थापन विज्ञ डा. पार्थ पराजुलीले RAIMS सफ्टवेयर संचालन तथा ट्राफिक सम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

    यातायात पूर्वाधारहरूको व्यवस्थापन गरी सुरक्षा बढाउन, सीमापार व्यापारलाई सहज बनाउन र रणनीतिक सडक नेटवर्कको व्यवस्थापन क्षमताहरूलाई सुदृढ पार्ने सम्झौताको उद्देश्य रहेको छ । साथै, ती उद्देश्यहरू हासिल गर्न स्थानीय विज्ञहरूसँगको
    सहकार्यमा अन्तर्राष्ट्रिय परामर्शदाता समेत खटाइएको छ ।

    नेपाल प्रहरीले चालेका मादक पदार्थ सेवन अनुगमन, लेन अनुशासन, सवारी भार क्षमता अनुगमन जस्ता कदमहरूले सडक दुर्घटनामा कमी ल्याउन सफल भएतापनि दीगो व्यवस्थापन र भरपर्दो सडक सुरक्षा अविलम्ब लागू गर्ने उद्देश्यका साथ मन्त्रालय, विश्व बैंक, राष्ट्रिय सडक सुरक्षा परिषद् र नेपाल प्रहरी बिचको सहकार्यमा पुन: RAIMS लागू गरिन लागेको कार्यक्रममा जानकारी गराइयो ।

    समारोहमा विश्व बैंकका वरिष्ठ यातायात विज्ञ कृष्णन् श्रीनिभाशन, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू,
    राष्ट्रिय सडक सुरक्षा परिषद्का पदाधिकारीहरू, सडक विभागका पदाधिकारीहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति
    रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij