आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाली सेना राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदार : उपप्रधानमन्त्री खड्का

  • प्रकाशित मिति : शनिबार, पुस २८, २०८०



  • उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुम पश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनर्स्थापनामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्।

    शनिबार उत्तरपश्चिम पृतना हेडक्वार्टर सुर्खेतको निरीक्षण गर्दै उनले सेनाको योगदान र पेसागत दक्षताको उच्च प्रशंसा गर्दै सरकार र आफ्नो तर्फबाट विशेष धन्यवाद व्यक्त गरेका हुन्।

    ‘सीमित स्रोत, साधन र सुविधाको बाबजुद नेपाली सेनाले अहोरात्र राष्ट्र र जनताको सेवामा समर्पित रही काम गर्दै आएको छ। आफ्नो कार्यसम्पादनका क्रममा नेपाली सेनाले भोग्नुपरेका समस्या तथा अप्ठ्याराहरूलाई नेपाल सरकारले महसुस गरेको छ,’ रक्षामन्त्री खड्काले भने, ‘ती समस्या तथा अप्ठ्याराहरूलाई आगामी दिनमा सरकारले क्रमशः सम्बोधन गर्दै जानेछ।’

    उपप्रधानमन्त्री खड्काले कर्णाली प्रदेश तथा सुर्खेत जिल्लामा नेपाली सेनालाई तालिम इलाका, ब्यारेक तथा अस्पताल निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको जानकारी गराए।

    राष्ट्रिय सुरक्षाको प्रमुख पहरेदारका रूपमा रहेको नेपाली सेनाले देशभित्र मात्रै नभई विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा संयुक्त राष्ट्र संघको झन्डामुनि रहेर शान्ति स्थापनामा विशेष योगदान दिएको भन्दै खड्काले नेपाली शान्ति सैनिकले विश्व शान्तिदूतका रूपमा खटिएर पूरा गर्दै आएको भूमिकाको अन्तर्राष्ट्रिय जगतबाट सधैँ उच्च प्रशंसा हुने गरेको बताए। यसबाट नेपालको राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय क्षेत्रमा थप योगदान पुगेको उनको भनाइ थियो।

    नेपालको खेलकुद क्षेत्रको विकासमा पनि नेपाली सेनाले पुर्‍याउँदै आएको योगदान महत्त्वपूर्ण भएको भन्दै उनले नेपाली सेनाका धेरै खेलाडीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा विजय हासिल गरी नेपालीको नाम उच्च राखेको बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij