शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सिडिई चौधरीलाई घुस मुद्दामा सफाइ, गैरकानुनी सम्पत्ति आर्जनमा दोषी ठहर

  • प्रकाशित मिति : सोमवार, माघ १, २०८०



  • डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन प्रमुख तथा सिडिई जितेन्द्रकुमार चौधरी गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई घुस लिएको मुद्दामा भने सफाइ दिएको छ।

    आइतबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो। विशेषका प्रवक्ता तथा उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार सजाय निर्धारणका लागि १५ माघको पेसी तोकिएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ को फागुन २ र ५ मा चौधरीविरुद्ध दुईवटा मुद्दा दायर गरेको थियो। जसमध्ये एउटामा उनी दोषी पाइएका हुन्।

    चौधरीलाई सजाय र बाँकी दुईजनालाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकोमा दुई करोड ४४ लाख ९३ हजार रुपैयाँभन्दा बढी रकम चौधरीले गैरकानुनी तवरले आर्जन गरेको पुष्टि भएको हो। यस कसुरमा उनलाई दुईदेखि ६ वर्षसम्म कैद सजाय हुन सक्छ।

    चौधरीले झन्डै चार करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको अख्तियारको दाबी थियो। चौधरीकी श्रीमती किरण चौधरी छोरा अभिषेक चौधरीलाई पनि यस मुद्दामा प्रतिवादी बनाइएको थियो।

    उनले विराटनगरको डिभिजन प्रमुख हुँदा एक ठेकेदार कम्पनीसँग कमिसनबापतको रकम श्रीमतीको खातामा जम्मा गर्न लगाएका थिए। सेवाग्राही कम्पनीहरूबाट आयोजनाका लागि स्वीकृत रकमको निश्चित प्रतिशत रकम गैरकानुनी तवरले सिडिई चौधरीले लिएको खुलेको थियो।

    जसपछि अख्तियारले ३५ लाख रुपैयाँ घुस लिएको भन्दै मुद्दा चलाएको थियो। तर, यसमा उनले सफाइ पाएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij