प्रकाशित मिति : मङ्लबार, माघ २, २०८०
बिनिता शर्मा,काठमाडौ। प्रहरी महानिरीक्षक IGP बसन्त बहादुर कुँवरबाट इन्टरपोलद्वारा संचालित दुई वटा प्रशिक्षण कार्यक्रम उद्घाटन गर्नुभएको छ ।
IGP कुँवरले इन्टरपोल महासचिवालयद्वारा संचालित INTERPOL Project SOTERIA परियोजना अन्तर्गतका दुई वटा प्रशिक्षणको संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।
दातृ निकायमा संलग्न व्यक्तिहरूबाट हुन सक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ उक्त परियोजना अन्तर्गतको SOTERIA Operational Training for Border Management Officials विषयक र INTERPOL Policing Capabilities Programme (IPCP) विषयक प्रशिक्षण कार्यक्रमको IGP कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै IGP कुँवरले प्रशिक्षणले इन्टरपोल उपकरण र प्रणालीहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्नका लागि सहभागीहरूलाई सीप, ज्ञान प्रदान गर्ने तथा अन्तर्राष्ट्रिय प्रहरी सहयोग र विभिन्न अपराध परिदृश्यहरूमा इन्टरपोल उपकरणहरूको जागरूकता बढाउने बिषयलाई सम्बोधन गर्ने उल्लेख गर्नुभयो । सीमा व्यवस्थापन अधिकारीहरूको लागि संचालित प्रशिक्षणले आपराधिक गतिविधिहरूलाई प्रभावकारी रूपमा पहिचान गर्न र सीमा व्यवस्थापन क्षमतालाई बलियो बनाएर अन्तर्राष्ट्रिय अपराधहरू विरुद्ध लड्ने प्रतिबद्धतालाई अझ जोड दिने उहाँले उल्लेख गर्नुभयो ।
IGP कुँवरले विश्वले यौन उत्पीडन र दुर्व्यवहारसँग सम्बन्धित कठिनाइहरूको सामना गरिरहेको अवस्थामा विपन्न र कमजोर व्यक्तिहरूको हित, मर्यादा र सम्मानको रक्षा गर्न परियोजनाले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो।
प्रशिक्षणबाट प्राप्त ज्ञान सिप सहभागीहरुको कार्य क्षेत्रमा लाभदायक हुने र अधिक सुरक्षित विश्वव्यापी समुदाय निर्माण गर्न सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उक्त अवसरमा INTERPOL Project Soteria का Criminal Intelligence Officer, Frazer Waldron ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा दुवै प्रशिक्षणहरूका प्रशिक्षकको रुपमा INTERPOL Project Soteria अन्तर्गतबाट ५ जना Officials हरुको उपस्थिति थियो ।
उक्त प्रशिक्षणमध्ये त्रिभुवन विमानस्थल कार्यालय गौचरमा संचालन हुने SOTERIA Operational Training for Border Management Officials विषयक प्रशिक्षणमा नेपाल प्रहरीका १३ जना अधिकृतहरु र अध्यागमन विभागका ७ जना अधिकृतहरु गरी जम्मा २० जना र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा संचालन हुने INTERPOL Policing Capabilities Programme (IPCP) विषयक प्रशिक्षणमा नेपाल प्रहरीका अधिकृतहरु २० जना अधिकृतहरुको सहभागिता रहको छ । प्रशिक्षण माघ २ देखि ५ गतेसम्म संचालन हुने, प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij