आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘रामायण’ मा हनुमान बन्दै सनी, कुम्भकर्ण बन्दै बबी!

  • प्रकाशित मिति : बुधबार, माघ ३, २०८०



  • सन् २०२३ देओल ब्रदर्सका लागि धमाकेदार रह्यो। अभिनेता सनी देओलको फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा आक्रमक कमाइ गरेको थियो। त्यस्तै ‘एनिमल’ बाट अभिनेता बबी देओलले चर्चा कमाए।

    यसैक्रममा उनीहरू नितेश तिवारीको फिल्म ‘रामायण’ मा देखिने चर्चा छ। भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार निर्देशक नितेश तिवारीले बबी देओललाई फिल्म ‘रामायण’ मा कुम्भकर्ण बन्न प्रस्ताव राखेका छन्।

    यसअघि नितेशले सनीलाई हनुमान बन्न प्रस्ताव राखेका थिए। फिल्मलाई लिएर सनी र बबी सकारात्मक रहेको बताइएको छ। तर उनीहरूले औपचारिक रूपमा फिल्म साइन गरेका छैनन्।

    निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। केजिएफ अभिनेता यश रावणको भूमिकामा देखिने चर्चा छ।

    यो फिल्म तीन भागमा बन्ने बताइएको छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ। जसमा यशको केमियो भूमिका रहनेछ।

    यो फिल्मको छायांकन सन् २०२४ देखि सुरू गरिनेछ। प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij