मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । धनक्षय हुनेछ । काममा सफलता मिल्ने छैन । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) नयाँ कामको सुरुवात गर्न आजको दिन राम्रो रहेको छ । कामहरु बन्दै जानेछन । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । विद्यार्थीहरुका लागि आजको दिन शुभ रहेको छ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । शरीरमा वायु विकार देखापर्ने छ । चिसोका कारण स्वास्थ्यमा समस्या आउने छ । जिवजन्तुको भय रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन । आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
कन्या
(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) यान तथा बाहनबाट सुख मिल्ने छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आम्दानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । विपरीत लिङ्गका साथीबाट पूर्ण सहयोग मिल्नेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) मेहनतसाथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।
धनु(ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)आफन्त तथा भाइवन्धुहरु संग झगडा हुनसक्छ व्यवहार गर्दा सजग रहनुहोला । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
मकर(भो,जा,जी,खी,खु,खे,खो,गा,गी)स्वास्थ्यमा देखिएको समस्याबाट छुट्कारा मिल्ने छ । शत्रु पराजित हुनेछन । आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । व्यवसायबाट फाइदा हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा)मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)रोगबाट छुट्कारा मिल्ने छ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । अन्नलाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।