आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुर्खेतमा यातायात व्यवसायीबिच झडप, दुई जना घाइते

  • प्रकाशित मिति : शनिबार, माघ ६, २०८०



  • सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बसपार्क क्षेत्रमा यातायात व्यवसायीहरुबिच झडप भएको छ । टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिहरूबिच झडप भएको हो ।

    वीरेन्द्रनगरमा भर्खरै सञ्चालनमा आएको ‘भिजिट कर्णाली यातायात’ प्रालि र संयुक्त  यातायात व्यवसायीहरूका बिचमा झडप भएको प्रहरीको भनाई छ । शनिवार बिहान भिजिट कर्णाली यातायातका व्यवसायीहरूमाथि संयुक्त यातायातका व्यक्तिहरूले हातपात गरेको बुझिएको छ  ।
    भिजिट कर्णालीको टिकट काट्ने ठाउँ बसपार्क भन्दा केही अगाडि रहेको बुलबुले गेट नजिकै काउन्टरमा टिकट काटिरहेका बेला हातपात भएको उक्त प्रालिका अध्यक्ष प्रकाश शाहीले जानकारी दिए । हातपातबाट भिजिट कर्णाली यातायातमा काम गर्ने दुई जना घाइते भएको र उनीहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
    दोस्रो पक्षले भने सिटी बसपार्कबाटै टिकट सञ्चालन गर्नुपर्ने बताएका छन् । तर भिजिट कर्णाली यातायातलाई भने वीरेन्द्रनगर नगरपालिकाले चलानी नम्बर २८९० का अनुसार अर्को निर्णय नहुँदासम्मलाई बसपार्क बाहिरैबाट सेवा सञ्चालन गर्ने अनुमति दिएको थियो । सोही अनुसार आफूहरूले बुलबुले गेट नजिकबाट सेवा सञ्चालन गरेको अध्यक्ष शाहीले बताए ।
    हामीमाथि बडो अन्याय भयो, ’ उनले भने, ‘ हामीलाई उहाँहरूले गुन्डाको प्रयोग गरेर कुटपिट गर्नुभयो । यो कहाँको न्याय होला ? काम गरेर पनि खान नपाउनु ।’
    कांक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश कुमार सापकोटाले पनि बसपार्कभित्रबाट टिकट काट्नुपर्छ भन्ने विषयलाई लिएर विवाद भएको बताउँछन् । ‘हामीले संयुक्त यातायात भित्र बसेर काम गरिरहेकै छौँ,’ उनले भने, ‘बाहिरबाट मान्छे हाल्दा राम्रो हुँदैन कि भनेर भनिएको हो । यसै विषयमा सामान्य विवाद भएको हो ।’

    घटनाको विषयलाई लिएर यतिबेला बसपार्क वरपरको क्षेत्र तनावग्रस्त छ । त्यहाँ ठुलो मात्रामा प्रहरीसमेत परिचालन गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij