आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गाँजा र लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, माघ ९, २०८०



  • बिशेष सूचनाको आधारमा सोमवार दिउँसो सवा २ बजे अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको देवानगंज गाउँपालिका-६ नहरचौक स्थीतमा रासिबाट भारततर्फ जादै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा अटोको पछाडीको डिकि र अटोको भित्र सिलिङको भागमा प्लाष्टिकको १ किलोको पोका बनाई राखेको ८० वटा पोकामा भएको जम्मा ८० किलो गाँजा बरामद गरेको थियो ।

    बरामद गाँजा सहित अटो चालक सुनसरीको धरान उप-महनगरपालिका-११ का २९ बर्षिय कुमार तामाङ र अटोमा सवार ३० बर्षिय राम बहादुर राई समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरीरहेको ईलाका प्रहरी कार्यालय देवानगंजले जनाएको छ ।

    यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सोमबार भारतको अररीया जोगबनी-११ धर्मशालाका २० बर्षिय बिशाल पोदारलाई बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाट स्थित भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा ३ ग्राम ११ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानिले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij