प्रकाशित मिति : बुधबार, माघ १७, २०८०
तुलसीपुर/महायज्ञ स्थलको पण्डालमा ठुलो संख्यामा रहेका धर्मालम्वी तथा दर्शनार्थीहरुको पाचौ दिन भरिभराउ रहेको छ ।
कथा वाचनकर्ता कमलनयन गौतमको शैलिले मग्नमुग्ध भई रमाई रहेका महिला तथा पुरुषहरु भजन प्रस्तुतिका बखत नृत्य गर्ने र रमाउने गरेका छन् ।
मंगलबार चौथो दिन झण्डै २५ सय बढीको उपस्थीति रहेको आकलन गरिएकोमा पाचौ दिन बुधबार उक्त संख्या भन्दा बढी उपस्थीति रहेको मुल आयोजक समितिले बताएको छ ।
दैनिक बिभिन्न कार्यक्रम
बिहान योग कक्षा र बिहान ८ बजेदेखि १० बजे सम्म शिक्षक र बिद्यार्थीका लागि सकारात्मक सोच सम्बन्धि कक्षा,बिहान ११ बजदेखि बेलुकी ४ बजे सम्म कथा वाचन,अपरान्ह् ५ बजे आरती र बेलुकी ७ बजेदेखि ९:३० बजे सम्म भजनकृत्तन तथा नृत्य उमङका साथ हुने गरेको मुल आयोजक समितिका सदस्य सचिव बुद्धप्रकाश सिंहले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij