प्रकाशित मिति : बुधबार, माघ १७, २०८०
बिनिता शर्मा, काठमाडौ। प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।
बनेपा नगरपालिका-४ त्रिबेणीचोक बस्ने सबिन नेपालीले संचालन गरेको सुपर मार्केटभित्र जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार ६ सय ४० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालय नक्सालका प्रबक्ता Digp भीम प्रसाद ढकालले जानकारी दिनुभयो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij