आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालमा पनि मनाइँदै भ्यालेन्टाइन्स डे

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २, २०८०



  • काठमाडौँ । हरेक वर्ष फेबु्रअरी १४ मा मनाइने भ्यालेन्टाइन्स डे अर्थात् प्रेम दिवस आज मनाइँदैछ । विशेष रूपमा प्रेमिल जोडीले आजको दिनलाई माया साटासाट गरेर मनाउने गर्दछन् ।

    पश्चिमा देशबाट प्रसार भएको भ्यालेन्टाइन्स डे पछिल्लो समय नेपालमा पनि युवायुवतीले मनाउने गरेका छन् । युवा पुस्तामा प्रिय उत्सव बन्न पुगेको भ्यालेन्टाइन डे साताव्यापी रुपमा मनाउन थालिएको छ ।

    जसअन्तर्गत फब्रुअरीे ७ मा रोज–डे का दिन गुलाफ दिएर सुरु हुन्छ भने त्यसपछि प्रस्ताव राख्ने, चकलेट दिने, टेडी दिने, वाचा गर्ने, अँगालो हाल्ने र अन्तमा प्रणय दिवस मनाउने गर्दछन् ।

    आफ्नो प्रिय वा मन परेको व्यक्तिलाई रातो गुलाफ तथा उपहार दिएर आफ्नो प्रेम व्यक्त गर्दै शुभकामना आदानप्रदान गरिन्छ । यसका लागि रातो गुलाफ तथा गिफ्ट पसल र रेस्टुराँहरुमा युवायुवतीको भीड देखिन्छ ।

    प्रेमको प्रतिक भ्यालेन्टाइन्स डे को इतिहास भने एउटा दुखद् घटनाबाट शुरु भएको छ । इस्वी संवत् २६९ मा रोमनमा सैनिकले स्त्रीसँग सम्बन्ध जोडेमा सैनिक कमजोर हुने भन्दै त्यहाँका तत्कालीन सम्राट क्लाउडियस द्वितीयले उनीहरुको प्रेम र विवाहमा रोक लगाए तर भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो निषेधलाई उल्लङ्घन गर्ने घोषणा गरे ।

    आफ्नो निर्देशन उल्लङ्घन गरेको भन्दै सम्राटले पादरीलाई मृत्युदण्डको सजाय दिए । पादरी भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुरुअरी १४ का दिन मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनको यस बलिदानको स्मरण र सम्मान गर्दै यस दिनलाई भ्यालेन्टाइन्स डे को रूपमा मनाउन शुरु गरिएको हो ।

    तर विश्वका केही मुलुकहरुमा भने प्रणय दिवसमाथि प्रतिबन्ध लगाइएको छ । पाकिस्तान, साउदी अरबलगायतका केही देशमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध लगाइएको छ भने भारतमा प्रणय दिवस मनाउने गरिए पनि त्यहाँ पश्चिमी संस्कृतिको नक्कल भएको भन्दै केही समुहले आलोचना गर्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij