आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

हिन्दु धर्मलाई निस्तेज पार्न राजसंस्थासँग जोड्ने कुकृत्य भयाे : शंकर भण्डारी

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०८०



  • काठमाडौँ । नेपाली कांग्रेसका केही नेताहरूले शनिबार सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्दै छन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान घोषणा गर्न लागेका हुन् ।

    अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरू सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे । भण्डारीले आफूहरूले स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा भए पनि केहीले यसलाई निस्तेज पार्न राजसंस्था जोड्ने कुकृत्य भइरहेको बताए ।

    उनले भने, ‘हामी प्रस्ट छौँ । हामीले गणतान्त्रिक, वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रको खोजेका हौँ । यसमा हामी स्पष्ट र दृढ छौँ । तर हामीलाई चिन्ता कहाँ छ भने यो अभियान नियोजित रूपमै निस्तेज पार्नका निम्ति राजसंस्थासँग जोड्ने प्रयास हुनेछ । राजसंस्था फरक विषय हो । धर्म फरक विषय हो । मुलुक र धर्म सँगसँगै रहने कुरा हो । संस्था र पार्टीहरू त्यसभित्र रहने कुराहरू हुन् । त्यसैले हामी स्पष्ट छौँ सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्र हो ।’

    नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भए पनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लेखिनुमा भण्डारीको आपत्ति छ । महाअभियानको त्यस विषयका गम्भीर छलफल गर्ने बताउँदै संविधानमै धर्मनिरपेक्ष राष्ट्र नभई हिन्दु राष्ट्रको पक्षमा रहेको बताए ।

    उनले भने, ‘म आफैँ संविधान सभा सदस्य हुँ । म यो कुरा बुझेर मस्यौदा समितिमा बसेको हुँ । म लगायत धेरै जना कांग्रेसका सदस्यहरूले धर्म निरपेक्षताका विपक्षमा आवाज उठाएका हौँ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पछि संविधान संशोधन गरेर भए पनि यो राखौँला । अहिले यो प्रस्ताव फिर्ता लिदिनुस् भनेकाले मैले मानेको हुँ /

    गौतम बुद्ध जस्ता महान् व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमान सँगसँगै लाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ । कांग्रेस केन्द्रीय समिति बैठकमा समेत शुक्रबार केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा २२ नेताले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभिनुपर्ने दाबीसहित विशेष पूरक प्रस्ताव पेश गरेको उनले उल्लेख गरे ।

    हिन्दु राष्ट्रको पक्षमा धेरै सदस्य भएको तर बोल्न डराएको भन्दै आगामी दिनमा अभियानमा जोडिनेहरू बढ्दै जाने भण्डारीको दाबी छ । नेपालमा विभेद र विकृति मौलाएको भन्दै उनले जनतामा रहेको भ्रम चिर्न सनातन धर्ममा विभेद नरहेको कुरा जनतासामु राख्नुपर्ने बताए ।

    उनले भने,‘सरकारका कुनै पनि देश धर्मको महत्त्व बुझे हुन्छ । धर्मका नाममा फैलाइएका भ्रम र विकृतिहरूलाई चिर्दै जनतासामु जानुपर्छ । धर्ममा नियत छैन, सनातनमा विभेद हुँदैन भन्ने कुरालाई प्रस्ट पार्दै सनातन धर्मको महत्त्व बुझाउनुपर्ने देखिन्छ । र यो देशको विकाससँग सम्बन्धित भन्ने बुझाउन सक्नुपर्छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij