शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सगरमाथा क्षेत्र भ्रमणमा आएका बेलायती नागरिकको मृत्यु

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०८०



  • सोलुखुम्बु । सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका ४२ वर्षीया एलिजाबेथ डायरो रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका उनको सोही स्थानमा मृत्यु भएको हो ।

    गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका एलिजाबेथको लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए । सोही दिन साँझ ५ बजेतिर होटलमै बेहोस भई ढलेका एलिजाबेथको केही समयपछि सोही स्थानमा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए ।

    उनले भने ‘माघ २४ गते विदेशी नागरिक लुक्लामा जहाजमार्फत ओर्लिएर त्यहाँबाट एभरेष्ट बेसक्याम्प जाने क्रममा गोरक्क्षेपको होटलमा बास बसेका रहेछन्, त्यही बेहोस भएर ढलेका उनको केही समयपछि नै मृत्यु भयो ।’

    शव अल्टिच्युड हेलिकप्टरमार्फत लुक्ला ल्याई कानुनी प्रक्रिया पूरा गरी काठमाडौँको शिक्षण अस्पताल पठाइएको प्र्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij