शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप, ईशनाथ नगरपालिकामा कर्फ्यू जारी

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ५, २०८०



  • रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने बाटो अवरुद्ध गरेको २४ घण्टापछि कर्फ्यू जारी गरिएको छ। ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउन जाँदा शुक्रवार दिउँसोदेखि नै बाटो अवरुद्ध गरेको स्थानमा शनिबार साँझ दुई पक्षबिच झडप भएको हो ।

    मूर्ति लैजाने विषयमा विवाद सुरु भएपछि शुक्रबारदेखि नै एसपी महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा नेपाल प्रहरीसँगै ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। आज भएको दोहरो झडपमा कैयौँ मानिसलाई चोटपटक लागेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

    सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा रौतहटमा झडप
    सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा रौतहटमा झडप
    जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले साँझ ५ बजेदेखि लागु हुने गरी घिउरा गाउँ पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको बताइन् ।

    घिउरा गाउँका स्थानीय शुक्रबार सरस्वती माताको मूर्ति लिएर बर्सेनि सेलाउँदै आएको गाउँ छेउको पोखरीमा जाने क्रममा मुस्लिम समुदायका मानिसहरूले बाटो अवरुद्ध गरेका थिए। ट्याक्टरमा डिजे बाजा बजाएको कारण बाटो अवरुद्ध गरेको मुस्लिम पक्षको तर्क रहेको छ।

    शुक्रबार दिउँसो दुई बजेदेखि मूर्ति सेलाउन जाने हिन्दु समुदायका मानिसहरू बाटोमै मूर्ति राखेर धर्नामा बसेका थिए । सिडिओ हिरालाल रेग्मीको रोहबरमा दुवै पक्षलाई राखेर मूर्ति सेलाउन दिने सहमति भएको थियो । सरस्वतीको मूर्ति सेलाउन एउटा बाटोबाट लैजान र डिजे बाजा अर्को बाटोबाट लैजान दिने सहमति विपरीत केही युवाहरूले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको प्रवक्ता गिरीले बताइन्।

    आज अवस्था तनावग्रस्त बनेपछि मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोख्रेल र सशस्त्र प्रहरीको मधेस प्रदेश प्रमुख डिआईजी दीपेन्द्र श्रेष्ठसमेत घटनास्थल पुगेका छन्। आज भएको झडपमा दुवै पक्षका मानिसहरू घाइते भएको तर सङ्ख्या भने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij