आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुपरहिरो शक्तिमानको भूमिकामा देखिंदै रणवीर

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ७, २०८०



  • काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले शक्तिमानमा आधारित फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले सन् २०२५ मा यो फिल्मको सुटिङ सुरु गर्नेछन् ।

    अहिले उनी रोहित शेट्टी निर्देशित फिल्म ‘सिंघम अगेन’को छायांकनमा व्यस्त छन्, जुन समाप्तिको क्रममा छ । मार्च २०२५ पछि शक्तिमानको छायांकन सुरु गर्ने उनको तयारी छ । त्यसअघि उनले दुई ठूला फिल्म ‘सिंघम अगेन’ र ‘डन ३’ को सुटिङ गर्दैछन् ।

    अहिले रणवीर रोहित शेट्टीको निर्देशनमा बनेको कप-युनिभर्स ‘सिंघम अगेन’को सुटिङ तयारीमा छन् । ५० दिनको छायांकन तालिकालाई उनले अप्रिलसम्ममा पूरा गर्नेछन् ।

    उनले फिल्मको केही भागको सुटिङ गरिसकेका छन् । यसमा उनको केमियो भूमिका छ । फिल्ममा अजय देवगण-करिना कपुर मुख्य भूमिकामा छन्, जसमा रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, अर्जुन कपुर पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

    ‘सिंघम’पछि ‘डन ३’ को सुटिङ हुनेछ

    ‘सिंघम अगेन’ सकाएपछि रणवीरले फिल्म ‘डन ३’ को छायांकन सुरु गर्नेछन् । फिल्मलाई फरहान अख्तरले निर्देशन गर्दैछन् । उनले सुटिङअघि केही दिन वर्कसप गर्नेछन् । रणवीर ‘डन ३’ गर्न उत्साहित छन् ।

    यो फिल्म डन फ्रेन्चाइजको तेस्रो सिक्वेल हुनेछ । अमिताभ बच्चनले पहिलो भागमा डनको भूमिका निर्वाह गरेका थिए भने त्यसपछिको सिक्वेलमा शाहरुख खान ‘डन’ बने । अब रणवीर डन बन्दैछन् । यो फिल्मको छायांकन अगस्ट वा सेप्टेम्बरमा सुरु हुनेछ ।

    ‘शक्तिमान’को घोषणा दुई वर्षअघि भएको थियो

    सन् २०२२ मा सोनी पिक्चर्सले भिडियोमार्फत ‘शक्तिमान’ फिल्मको घोषणा गरेको थियो । यो मेगा बजेटको फिल्म हुने भनिएको छ जसको बजेट २००-३०० करोड भारु हुनेछ । यो फिल्म सन् १९९७ मा आएको चर्चित शो शक्तिमानको सुपरहिरो पात्रमा आधारित हुनेछ । कार्यक्रममा मुकेश खन्नाले शक्तिमानको भूमिका चित्रण गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij