शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तुलसीपुर महोत्सव मंगलबार अन्तिम दिन । दिन भरि सास्कृतक कार्यक्रम । साँझ ५ बजे पछि समापन हुने

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ८, २०८०



  • तुलसीपुर महोत्सव–२०८० समापनको नजिक पुगेको छ । विवादरहीत तरिकाले महोत्सव समापनको नजिक पुगेपछि महोत्सव मूल आयोजक समितिका संयोजक तथा महोत्सव आयोजक संस्था तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी दिनु भयो ।

    अध्यक्ष चालिसेलसम्पूर्ण दर्शक तथा सरोकारवाला निकायहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    महोत्सव समापनको अघिल्लो दिन सोमवार गायिका टीका पुन, ऋतु कँडेल, गायक प्रकाश रेग्मी, प्रेम विवस घर्ती, प्रेमप्रकाश वली ,उमादेवी खनाल,
    लगायतका कालाकारहरुको दमदार प्रस्तुति रह्यो । आज प्रजातन्त्र दिवसका कारण बिदाको दिन, महोत्सव सकिन थालेको र उत्कृष्ट कलाकारहरुको प्रस्तुति
    हुने भएकोले महोत्सवमा धामिनसक्नु दर्शकको भीड रहेको आयोजकले जानकारी दिएको छ ।

    त्यस्तै फागुन ८ गते मंगलबार साझ महोत्सव समापन गर्ने निर्णय भएको तुलसीपुर उधोग बाणिज्य सघंका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनु
    भयो ।

    महोत्सवमा मंगलबार अपरान्ह ४ बजेसम्म मात्रै प्रबेश सुल्क लाग्ने भएको छ भने ५ बजे मेला समापन हुने छ । महोत्सवमा मंगलबार मुख्य कलाकारको रुपमा गायक नरेश खाती ,रीता केसी र अनु अधिकारी रहनेछन् ।

    त्यस्तै अन्य स्थानीय तथा राष्ट्रियस्तरकार कलाकारहरुको प्र्रस्तुति समेत रहने आयोजकले जनाएको छ । जसमा गायिकाहरु पुष्पा शर्मा, र बिमला भण्डारी
    रहनुहुनेछ भने गायकहरुमा दामोदर बस्याल र धनबहादुर गुरुङको प्रस्तुति रहनेछ ।

    आयोजकले महोत्सव समापनको दिन सम्पूर्णलाई उपस्थितिका लागि अनुरोध गरेको छ । सो अबसरमा उत्कृष्ट झाकि प्रदर्शन गर्ने दश वटा सस्थाहरुलाई नगर सहित पुरस्कृत गरिने छ भने आयोजक तथा उपसमिति तथा सहयोगि सस्थाहरुलाई सम्मान गरिने कार्यक्रम तय गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij