शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दूध आयातमा लगाइएको प्रतिबन्धको डेरी संघद्वारा स्वागत

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १३, २०८०



  • झापा। कोशी प्रदेशको डेरी उद्योग संघले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ।

    संघमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्पन्न बैठकले हालै दुग्धजन्य पदार्थको आयातमा सरकारले लगाएको प्रतिबन्धले स्वदेशी डेरी उद्योगलाई राहत पुग्ने ठहर गरेको हो।

    “संघले सात बुँदे निर्णय गरेको छ”, संघका संयोजक रामचन्द्र उप्रेतीले भने, “आयात खुला रहँदा स्वदेशी उत्पादन नबिक्ने समस्या भइरहेको थियो । नेपाल सरकारले हालै आयात रोक्न गरेको निर्णयले हामी खुसी भएका छौं।”

    संघले किसानबाट खरिद गर्दै आएको दूधको भुक्तानी नियमित गर्ने निर्णय गरेको उनले जानकारी दिए। कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट संकलन गरेको दूधको भुक्तानीमा ठूलो समस्या नरहेकोसमेत उनले बताए।

    कोशी प्रदेशमा रहेका डेरी उद्योगमा नौनी घ्यू, एसएमपी र छुर्पीको स्टक आवश्यकभन्दा ज्यादा भएको जनाउँदै बैठकले आन्तरिक खपतमा स्थानीय उत्पादन र उद्योगीलाई पहिलो प्राथमिकता दिने निर्णय गरेको छ।

    बैठकमा एनएमसी डेरी उद्योग, सगरमाथा डेरी संघ, कामधेनु दुग्ध सहकारी, रितिका डेरी उद्योग, शिवम् डेरी इन्डस्ट्रिज, गोरस डेरी प्रालि, जीवन विकास डेरी र मदानी मिल्क हाउसका सञ्चालकको सहभागिता रहेको थियो।

    मौज्दातमा पाँच लाख केजी नौनी

    बिक्री नभएका कारण कोशी प्रदेशका डेरी उद्योगमा पाँच लाख केजी नौनी घ्यू मौज्दातमा रहेको व्यवसायी बताउँछन् । विगत छ महिनाअघिदेखि बिक्री न्यून भएकाले नौनी घ्यू थुप्रिँदै गएको हो। उद्योगीका अनुसार दूधको उत्पादन बढेको बढ्यौं छ, तर दूध र दूधबाट बनेका विभिन्न उत्पादनको बिक्री हुन सकेको छैन।

    बिक्री नभएका नौनी घ्यू चिस्यानगृहमा भण्डारण गर्न असम्भव भइसकेको छ। निजी क्षेत्रले तरकारी भण्डारणका लागि प्रयोगमा ल्याइरहेको विर्तामोडको रोयल कोल्डस्टोरलगायत झापा र मोरङका पाँच ठूला कोल्डस्टोरमा नौनी घ्यू राखिएको नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले बताए।

    सीमावर्ती क्षेत्रबाट अवैधरुपमा भित्रिएको दूध र दुग्धजन्य पदार्थले स्वदेशी उत्पादन बिक्री नभएको चिमरिया बताउँछन्। भारतमा भन्दा नेपालमा दूधको मूल्य बढी भएकाले भारतबाट लुकीछिपी दूध र पनिर भित्रिने गरेको हो।

    सरकारले दुग्ध पदार्थको आयातमा प्रतिबन्ध लगाएपछि अब भारतबाट दूध, पनिर र पाउडर दूधको आयात बन्द हुने व्यवसायीको अपेक्षा छ।

    खपतभन्दा संकलन भएको दूध धेरै भएपछि कोशीका डेरी उद्योगका दूधसमेत बिक्रीमा समस्या आउन थलिसकेको छ। दूध बिक्न छाडेपछि कोशी प्रदेशमा अधिकांश डेरीले ‘मिल्क होलिडे’ गरिरहेका छन्। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij