शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १३, २०८०



  • काठमाडौं । नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न शुरू भएपछि उक्त सडकखण्ड दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको थियो ।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आजदेखि बाटो बन्द नगर्ने निर्णय भएको जानकारी दिनुभयो । अब पहाड काट्न एक–दुई मिटर मात्र बाँकी भएकाले गाडी बन्द नै गर्नुपर्ने पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

    तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । साठी मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।

    तुइन खोलामा ६० मिटर लम्बाइको पुल बन्ने सडक आयोजनाले जनाएको छ । यस सडकका १९ पुलमध्ये चार वटा पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ वटा पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ वटा पुल निर्माण भइसकेका छन् । छ वटा पुलमा गाडी गुड्ने चरणमा आइपुगेको बताइएको छ ।

    कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या भएको हो । २०७६ चैत १० गतेबाट निर्माण कार्य शुरु भएको पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ रहेको छ । हाल सडक विस्तार गरेपछि यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij