शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रौतहटमा दूध किसानले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १५, २०८०



  • रौतहट । रौतहटस्थित दूग्ध उत्पादक सहकारी संस्था लिमिटेड चन्द्रनिगाहपुरले जिल्ला प्रशासन कार्यालय गौरमा विभिन्न १० सूत्रीय माग राख्दै ज्ञापनपत्र बुझाएको छ । सो सहकारी संस्थाले सोमबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएको हो ।

    जिल्लाका किसानहरूले उत्पादन गरेको दूध विभिन्न सहकारी संस्थामा मार्फत सङ्कलन गरी दूग्ध विकास संस्थान हेटौँडा, दूग्ध वितरण आयोजना र निजी दूग्ध व्यवसायीहरूलाई बिक्री गर्दै आएको तर ६ महिनादेखि भुक्तानी नपाएको उनीहरूको गुनासो छ ।

    संस्थाका अध्यक्ष कृष्णप्रसाद अधिकारीले १० बुँदे मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको बताए । नेपाल सरकारद्वारा तोकिएको मूल्य भन्दा कम मूल्य तोक्ने, नियमित रूपमा दूध खरिद नगर्ने, खरिद गरेको दूधको ६ महिनाको ९ करोड रुपैयाँ बक्यौता उपलब्ध नगराउने लगायतका किसानमाथि अन्याय हुने काम भएकोले बाध्य भएर अगाडि बढ्नु परेको अध्यक्ष अधिकारीले बताए।

    केन्द्रीय दूध सहकारी सङ्घ लिमिटेडमार्फत दूग्ध उत्पादक कृषकहरूले दूध विक्री बापत रकम भुक्तानीका विषयमा नेपाल सरकारसँग गत मङ्सिर २६ मा सम्झौता गरेका थिए । तर सहमति कार्यान्वयन नहुँदा जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले नेपाल सरकारको ध्यानाकर्षणको लागि ज्ञापनपत्र बुझाएको अध्यक्ष अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij